डिजेल, पेट्रोल र मटितेलको मूल्य १० रुपैयाँले घट्यो

विराटनगर । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले एकैपटक प्रतिलिटर १० रुपैयाँको दरले मूल्य घटाएको हो ।

नेपाल आयल निगमको संचालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको घटाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावटसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको हो । भारतीय आयल निगमले हरेक १५ दिनमा पठाउने मूल्य सूचीमा मूल्य घटेर आउपछि निगमले मूल्य घटाएको हो ।

अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत निलम्बन गरेर नयाँ मूल््य निर्धारण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ, डिजेल र मट्टितेलको ८५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिक मूल्य तर्फ प्रतिलिटर १५ रुपैयाँको दरले घटाएर ७५ रुपैयाँ कायम गरिएको छ
। निगमले एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।

बुधबार, १९ चैत, २०७६, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर