उदययपुर । उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदावर वीरेन्द्रकुमार मगर निर्वाचित भएका छन् ।
मगरले ४ हजार ३०५ मत ल्याई नेकपा एमाले का भरतबहादुर थापालाई पराजित गरेका हुन् । थापाले ३ हजार ३४६ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका भूपेन्द्र थापाले एमालेकी कुमारीज्यु ठकुरीलाई पराजित गरे । थापाले ३ हजार ६९९ मत ल्याउँदा ठकुरीले ३ हजार ९३ मत मत प्राप्त गरिन् ।
अहिले उपाध्यक्षमा पराजित ठकुरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । यसअघि एमालेले अध्यक्षर उपाध्यक्ष जितेको गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले पराजित गरेको हो ।