विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनालाई गति दिन थप तीन स्थानबाट मतगणना हुने भएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्देशन दिएसँगै थप तीनवटा कोठामा मतगणनाको प्रबन्ध गरिएको मोरङका मुख्य निर्वाचन आधिकृत भरत लम्सालले जानकारी दिए ।
विराटनगरको आदर्श विद्यालयमा मतगणना भईरहेको छ । अहिले ६ स्थानमा गणना भइरहेको छ । साँझदेखि ९ स्थानदेखि एकसाथ गणना सुरु हुने मुख्य निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।
‘अहिले कोठा खाली गरिएको छ । मतगणना स्थलमा तारजाली र सिसी टिभी जाडानको कामहरु भइरहेको छ’ मुख्य निर्वाचन अधिकृत लम्सालले भने, ‘दिउँसोसम्म सम्पूर्ण तयारी पुरा गरि साँझदेखि गणनाको लागि मतदान स्थल तयारी गरि गणना सुरु गर्नेछौं ।’ एकसाथ ९ स्थानदेखि गणाना सुरु भएपछि वैशाख ६ गतेसम्ममा विराटनगर महानगरपालिकाको नतिजा सार्वजानिक हुने अनुमान गरिएको छ ।
पहिलो चरणमा ६ वटा वडाको गणना शुरु गरिएकोमा वडा नम्बर १९, १६ र १७ को गणना सकिएको छ । १९ मा एमाले, १६ मा काँग्रेस र १७ मा जसपाका उम्मेदवार विजतेका बनेका छन् ।