ओखलढुंगा मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् ।

नेपाली कांग्रेससँग गठबन्धन गरेका स्वतन्त्र उम्मेदवार रुम्दालीले ५ हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।

रुम्दालीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् । तामाङले तीन हजार ८१५ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका आश्रचन राई निर्वाचित भए । एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई २ हजार १७३ मतले पछि पार्दै उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । राईले ४ हजार ७५० मत ल्याउदा रुम्दालीले २ हजार ५७७ मत प्राप्त गरे ।

मानेभञ्ज्याङ गाउँपालिकामा ९ वडामध्ये ७ वडामा नेपाली कांग्रेसले जितेको छ भने दुई वटामा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ ।

जेष्ठ २, २०७९, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर