सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका बुद्धिकिरण राई ३३४३ मत ल्याएर विजेता बन्दा उनका प्रतिष्पर्धी काँग्रेसका चन्द्रबहादुर राईले २९९७ मत पाएका छन् ।
उपाध्यक्षमा माओवादीका गौरव राई ३०७७ मत ल्याएर जितेका छन् । उनका प्रतिष्पर्धी एमालेकी जुनिता माया मगर ३०३९ मत मात्रै ल्याउन सफल भइन् ।
गाउँपालिकाको वडा नम्बर १ मा माओवादीका सज्जन राई, २ मा एमालेका चन्द्रबहादुर राई, ३ मा एमालेकै अमित राई, ४ मा माओवादीका भक्तबहादुर ्राई, ५ मा काँग्रेसका अविरल वाइवा, ६ मा काँग्रेसका रामप्रसाद मगर र ७ मा एमालेका शबुजित राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।