तीन दिनभित्र मतगणना सकिने दावी

विराटनगर । प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियाले जेठ ५ गतेभित्र सबै स्थानीय तहको मतगणनाको परिणाम आइसक्ने दावी गरेका छन् ।

विराटनगर महानगरपालिकाको मतगण्ना स्थलको आज अनुगमन गर्दै थपलियाले ७५३ स्थानीय तहको मतपरिणाम तीन दिनभित्र आइसक्ने दावी गरेका हुन् ।

मतगणना ढिलो भएको भन्दै विरोध भइरहेका बेला थपलियाले तीन दिनभित्रमा विजय जुलुस मनाउने वातावरण बनाउने बताए ।
विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्साललाई मतगणना तीब्र बनाउन निर्देशन दिँदै उनले १९ वटै वडाको एकैसाथ गणना सुरु गर्न भनेका छन् ।

आयोगले आवश्यक सोर्सको ब्यबस्थापन गर्ने भन्दै थपलियाले प्रशासनले शान्ति सुरक्षाको ब्यबस्था मिलाएकोले दलहरुले पनि गणनामा सहयोग गर्नुपर्ने बताए । मतदान स्थगित भएको ठाँउमा पुनः निर्वाचन नहुने बताउँदै उनले ३० गते मतदान सकिएर मतपेटिका मतगणना स्थलसम्म पुगिसकेको स्थानमा पुनः चुनाव नहुने स्पष्ट पारे ।

विवाद भएको पालिकाको बारेमा आयोगले केन्द्रमा पनि दलका नेताहरुसँग छलफल गर्ने थपलियाको भनाइ छ । मोरङको रंगेली नगरपालिकामा शनिबार रातिदेखि मतगणना रोकिएपछि उनले त्यसको चासो लिएका छन् ।

जेष्ठ २, २०७९, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर