संखुवासभाको सिलिचोङमा कांग्रेस विजयी

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका भूपाल राई विजयी भएका छन् ।

राईले २ हजार २ सय ३ मतसहित विजी भएका हुन् । अध्यक्षका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत ल्याए ।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । उनले २ हजार ७५ मत ल्याइन् । उपाध्यक्षमा माओवादीकी देविकुमारी राईले १ हजार ७ सय ७० मत प्राप्त गरिन् ।

जेष्ठ २, २०७९, बिहानको १०:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर