धनकुटाको छथर जोरपाटीमा गठबन्धन विजयी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकाहरु निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर लिम्बु ४ हजार ३५९ मत प्राप्त गरि विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई पराजित गरे । एमालेका लिम्बूले ४ हजार १६४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता गुरुङले ४ हजार ३८७ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार गोमा कार्कीले ३ हजार ६९१ मत प्राप्त गरिन् ।

अघिल्लो निर्वाचनमा छथर जोरपाटीको अध्यक्ष, उपाध्यक्षसहित बहुमत जनप्रतिनिधि एमालेले जितेको थियो ।

जेष्ठ २, २०७९, बिहानको १०:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर