खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन्।
राई २६०६ मतसहित निर्वाचित भएका हुन्। उनले माओवादी केन्द्र श्रीबहादुर राईलाई पछि पारे। श्रीबहादुरले २४८० मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकका राजेशकुमार राजभण्डारी विजयी भएका छन्। उनले ३१४६ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पकला भुजेलले २५९५ मत ल्याएकी छन्।