पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का निर्वाचित भएका हुन् ।
लावतीले ३०५७ मत प्राप्त गरेर जित हात पारेका छन् । उनका निकटतम प्रतिद्वन्दवी नेकपा एमालेका भीमप्रसाद साम्बाहाम्फे लिम्बुले २९०० मत प्राप्त गरे।
उपाध्यक्षमा माओवादी केन्द्रका खड्काले २७५८ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्दवी एमालेकी सिता आचार्यले २७२४ मत प्राप्त गरिन् ।