सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसका खिलराज बस्नेत निर्वाचित भएका छन्।
बस्नेत १६४८ मतसहित विजयी भएका हुन्। अध्यक्षका निकटम प्रतिद्वन्द्वी एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दिपक खड्काले १३५३ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई निर्वाचित भएकी छन्। उनले १६६९ मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरी राईले १६३४ र माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत प्राप्त गरिन् ।
२०७४ को निर्वाचनमा सो गाउँपालिका नेकपा एमालेका विरबहादुर राई निर्वाचित भएका थिए। त्यतिबेला उनले स्वतन्त्र उम्मेदवार दीपक खड्कालाई पराजित गरेका थिए भने कांग्रेसका खिलराज बस्नेत तेस्रो भएका थिए।