तेह्रथुमको म्याङलुङ र छथरमा एमाले विजयी

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङफे विजयी भएका छन्।

अघिल्लो निर्वाचनमा पनि मेयर रहेका तुम्बाहाङफेले ५११७ मतका साथ जित हात पारेका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अर्जुनकुमार तुम्वाहाङफेले ४४७८ मत प्राप्त गरे।

उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी विजयी भएकी छिन्। उनले ५२१० मत प्राप्त गरेकी छिन्। उनले कांग्रेसकी उम्मेदवार पार्वती सानु डाँगीलाई पराजित गरेकी हुन्। पार्वतीले ४४१४ मत प्रात गरेकी थिइन्।

तेह्रथुमकै छथर गाउँपालिका अध्यक्षमा पनि एमालेकै सन्तवीर सन्तवीर लिम्बु निर्वाचित भएका छन्। झन्डै ३८०० मतसहित लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। निवर्तमान अध्यक्ष रहेका उनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर इम्सङलाई करिब ३०० मतले पराजित गरेका हुन् ।

छथरको उपाध्यक्षमा भने कांग्रेसका टेकराज लिम्बु विजयी भएका छन्। उनले एमालेकी तारा खरेललाई पछि पारेका हुन्।

जेष्ठ २, २०७९, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर