विराटनगर । मेयरमा नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो अग्रता कायम गरेको विराटनगर महानगरपालिकाको वडा नं. १९ मा भने नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
विराटनगर १९ को वडाध्यक्षसहित सिंगो प्यानल नै एमालले जितेको छ । आज विहान सम्पन्न वडाको मतगणनामा नेकपा एमालेका श्याम घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
घिमिरेले ९८७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरे ।