विराटनगरमा नागेश र शिल्पाको लगातार अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता अझ बढाएका छन् ।

सोमबार विहानसम्म १३ हजार ३४० मत गणना गरिसक्दा कोइरालाले १२३१ मतको अग्रता कायम गरेका छन् । उनले ४५३१ मतसहित अग्रता कायम राखेको बेला उनका निकटतम प्रतिद्धवन्दी नेकपा एमालेका सागर थापाले ३३१५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १३५८ मत ल्याएर तेस्रो स्थामा रहेका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा निराला निराला कार्की ३७६३ मतसहित अग्रता कायम गरेकी छन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले भने २४२५ मत ल्याएका छन् । कार्कीले १३३८ मतको अग्रता कायम राखेकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानले ७६६ मत प्राप्त गरेकि छन् ।

जेष्ठ २, २०७९, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर