शेरधन राईको गृहपालिका आमचोकमा काँग्रेस–एमालेको गठबन्धन भत्काउँदै माओवादीको जित

भोजपुर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका भोजपुरको आमचोकमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादीका अशोक राई विजयी भएका हुन् । काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार भएका एमालेका वसन्त राईलाई उनले पराजित गरे ।

गाउँपालिका उपाध्यक्षमा माओवादीकै सिता राई निर्वाचित भएकी छन् । उनले काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका छिरिङ शेर्पालाई पराजित गरेका हुन् ।

गाउँपालिका १० वडामध्ये ६ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने काँग्रेस–एमाले गठबन्धनबाट २ वडामा काँग्रेस र २ वडामा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा सदस्यसम्म काँग्रेस र एमालेले तालमेल गरेका थिए ।

वडा नं. १ मा काँग्रेसका निम्नुरी शेर्पा, २ मा काँग्रेसकै रामबहादुर खड्का, ३ मा एमालेका गोपाल राई र ४ मा पनि एमालेका नेत्र खत्री निर्वाचित भएका छन् ।

यस्तै वडा नं. ५ मा माओवादीका रामप्रसाद राई, वडा नं. ६ मा माओवादीका बमबहादुर बस्नेत, वडा नं.७ मा माओवादीका नविन राई, वडा नं. ८ मा माओवादीकै सन्तोष राई, वडा नंं. ९मा माओवादीका रोशन मगर र वडा नं. १० मा माओवादीकै बालदिप राई निर्वाचित भएका छन् ।

जेष्ठ १, २०७९, रातीको १०:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर