विराटनगर । विराटनगर महानगरपालिका मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले ३५१८ मत ल्याएर अग्रता कायम राखेका छन् ।
कोइरालालाई पछ्याइरहेका नेकपा एमालेका सागर थापाले २५८६ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेद्वार उमेश यादवको मत ११८७ छ ।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले २९४९ मत ल्याएर अग्रता जारी राखेकी छन् । जसपाका अरमेन्द्र यादवले १८६३ मत ल्याएर शिल्पालाई पछ्याइरहेका छन् ।
विराटनगरमा ८९ हजार ६८९ मत खसेकोमा अहिलेसम्म ११ हजार २६० मत गणना भएको छ ।