संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भीमबहादुर लिम्बू ३००७ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रत्नबहादुर सुब्बाले २३०५ मत पाएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मी चापागाईं २४३९ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सविता बरालले २३७७ मत प्राप्त गरेकी छन् ।
वडाध्यक्षहरु १ मा एमालेका इश्वर पुलामी मगर, २ मा एमालेकै राजकुमार राई, ३ मा एमालेकै दिलबहादुर तामाङ, ४ मा काँग्रेसका शुक्रराज लिम्बू, ५ मा काँग्रेसकै मनिष लिम्बू र ६ मा काँग्रेसका जितेन्द्र बनेम निर्वाचित भएका छन् ।