भरतपुरमा रेनुकै अग्रता, विवादपछि गणना रोकियो

चितवन । चितवनको भरतपुर महानगरपालिकामा करिब ५ हजार मत गणना गर्दा मेयर र उपमेयर दुबैमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

पछिल्लो गणनामा मेयरमा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ मत पाएर अग्रता कायम राखेकी छन् । नेकपा एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार रहेका एमालेका विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

यसबीच मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मतगणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।

जेष्ठ १, २०७९, दिउँसोको ०३:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर