उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई निर्वाचित भएका छन् ।
राईले नेकपा एमालेका उम्मेदवार राजकुमार राईलाई ४०० भन्दा धेरै मतान्तरले पराजित गरेका हुन् । मेजरकुमार राईले २ हजार ५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमारले १ हजार ५८९ मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार देवकुमारी कार्कीलाई पराजित गरेका हुन् । राईले १ हजार ९३३ मत पाएकोमा एमालेकी कार्कीले १ हजार ७३ मत पाएकी छन् ।
गाउँपालिकाको वडा नं। १ मा माओवादीका जनदिप थापा मगर, २ मा माओवादीकै जितेन राई, ३ मा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाई, ४ मा जनता समाजवादी पार्टीका छत्रबहादुर राई र ५ मा काङ्ग्रेसका कबिचन्द्र राई वडाध्यक्षमा निर्वाचित भएका छन् । गाउँपालिकामा काँग्रेस र माओवादीसहितको गठबन्धन थियो ।