भरतपुर–१ को गणना सकिँदा रेनुलाई १२१ मतको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ।

वडाको ३२७७ मत गणना हुँदा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले १२०८ मत पाएकी छन्। एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले १०८७ मत ल्याएका छन्।

सो वडाको गणना सम्पन्न हुँदा दाहालले १२१ मतको अग्रता लिएकी छन् । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको मत ४३० आएको छ।

उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत र राप्रपाकी हिमला गुरूङले ८७७ मत पाएका छन्।

वडाध्यक्षमा कांग्रेसका केशव महर्जन एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले पराजित गर्दै विजयी भएका छन् ।

जेष्ठ १, २०७९, बिहानको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर