सोलुखुम्बु थुलुङ दूधकोशीको वडाध्यक्षमा पत्रकार कार्की निर्वाचित

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नंं. ७ को वडाध्यक्षमा पत्रकार भोजराज कार्की निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कार्कीले ४१२ मत ल्याएर नेपाली काँग्रेसका मणिराम राईलाई पराजित गरेका हुन् ।

सो वडामा कार्कीको प्यानल नै निर्वाचित भएको छ । कार्की नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य थिए ।

थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारकै अग्रता छ । अहिलेसम्म ६५५३ मत गन्दा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार असिम राईले २७२७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार बीरबहादुर गुरुङले २४२५ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईले ९८५ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादीकी सविता राईले २५४४ मतसहित अग्रता कायम राख्दा काँग्रेसकी एककुमारी बस्नेतले २३७४ र एमालेकी कल्पना गिरीले ११६२ मत पाएकी छन् ।

 

जेष्ठ १, २०७९, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर