ओलीको गृहनगर दमकमा गठबन्धनले लियो अग्रता

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

दमक १ को मगणना सम्पन्न हुँदा मेयरमा एमाले उम्मेदवार गिता अधिकारीले गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राप्रपका राम थापालाई ८४ मतले पछि पारेकोमा वडा नं. १० को गणना सुरु भएपछि थापाले अग्रता लिएका हुन् ।

वडा नं. १० को ६०० मत गर्दा थापाले ३२० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अधिकारीले २०८ मत पाएकी छन् । नगरमा अहिलेसम्मको गणनामा थापाको मत १९६८ पुगेको छ भने अधिकारीको १९४० मात्र हुँदा उनी २८ मतले पछि परेकी छन् ।

उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराईले १९३१ मतसहित अग्रता कायम राखेकी छन् । उपमेयरमा एमालेका अम्बिकाप्रसाद खनालको मत १७५६ मत पाएकी छन् ।

अहिलेसम्म दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

 

जेष्ठ १, २०७९, बिहानको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर