पाँचथरको फिदिम १४ को वडाध्यक्षमा माओवादी उम्मेदवार विजयी

पाँचथर । पाँचथरको फिदिम वडा नम्बर १४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजकुमार नेम्वाङ निर्वाचित भएका छन् ।

नेम्बाङले ७२१ मत प्राप्त गरि निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार बिजयी भीम फागोले ५३५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो वडामा महिला सदस्यमा काँग्रेस, दलित महिला सदस्यमा एमाले, खुल्ला सदस्य दुबै काँग्रेस विजयी भएका छन् । वडामा १४२७ मत खसेको थियो ।

सो वडामा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मित्रप्रसाद काफ्लेले ७१० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार पृथ्वी लावतीले ५८५ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले ६६१ मत प्राप्त गर्दा राप्रपाका जगत थापा मगरले ४१५ मत प्राप्त गरेका छन् ।

फिदिम नगरपालिकामा नेपाली काँग्रेस र माओवादी तथा नेकपा एमाले र राप्रपाको गठबन्धन मिलेर चुनाबी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बैशाख ३१, २०७९, रातीको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर