भरतपुर महानगरपालिकामा रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

भरतपुर वडा नं. १ को मतगणना जारी रहँदा दाहालले १३३ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् ।

यसअघि सुरुवाती गणनामा सुवेदीको अग्रता थियो । अहिलेसम्म ३५० मत गनिसक्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन् ।

महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैशाख ३१, २०७९, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर