विराटनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको सुरुवाती मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको १२०० मतमध्ये कांग्रेसका कोइरालाले ४३४ मत प्राप्त गरेका छ्न । यस्तै एमालेका उम्मेदवार सागर थापाले ३१७ मत पाएका छन् । महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ३६५ मत ल्याएर अग्रता कायम गरेकी छन् । उपमेयरमा गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् ।

१लाख ३३ हजार १४२ कुल मतदाता रहेको विराटनगरमा ८९ हजार ७८९ मत खसेको थियो ।

बैशाख ३१, २०७९, दिउँसोको ०४:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर