मोरङको १७ वटै पालिकामा को अगाडि ?

विराटनगर । २०७४ सालको निर्वाचनमा ५ पालिकामा विजयी भएको नेकपा एमालेले यस पटक मोरङमा सिट संख्या बढाउने देखिएको छ ।

यसअघि कांग्रेसले जितेको उर्लाबारीमा यसपटक एमालेले अग्रता लिएको छ । हालसम्म गणना भएको ६०२ मध्ये एमाले २२१ मतका साथ अगाडि छ । प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसले १३० मत मात्रै पाएको छ ।

यस्तै विराटनगरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई २५० मत प्राप्त भएको छ भने एमालेका लागि १७१ मत मात्रै प्राप्त भएको छ । विराटनगरमा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

यस्तै यसअघि नेपाली कांग्रेसले जितेको लेटाङ नगरपालिकामा पनि प्रमुख पदमा नेकपा एमाले अगाडि देखिएको छ । प्रारम्भीक मत परिणाम एमालेको पक्षमा १०९ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले ८० मत पाएको छ । लेटाङमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।

यस्तै मोरङको कानेपोखरी गाउँपालिकामा पनि नेकपा एमाले निक्कै अगाडि छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार एमाले ८३६ मतका साथ पहिलो स्थानमा छ । यसैगरी नेपाली कांग्रेस ५४६ मत पाएको छ । उक्त पालिकामा पनि यसअघि नेकपा एमालेले जितेको थियो ।

यस्तै बेलबारीमा पनि नेकपा एमाले अगाडि देखिएको छ । बेलबारीमा एमाले ३०१ मत ल्याएर अग्रस्थानमा रहँदा कांग्रेस १५७ मतका साथ एमालेलाई पछ्याइरहेको छ ।

मोरङको मिक्लाजुङमा भने गठबन्धन दलको तर्फबाट कांग्रेसका उम्मेद्वार अगाडि देखिएका छन् । मिक्लाजुङमा कांग्रेसले ३११ मत ल्याउँदा एमालेले २६५ मतका साथ पछ्याइरहेको छ । मिक्लाजुङ र बेलबारी भने यसअघि एमालेले जितेको थियो ।

यसैबीच यसअघि नेपाली कांग्रेसले जितेको मोरङको केराबारी गाउँपालिकामा पनि एमाले अगाडि देखिएको छ । एमालेलाई ५० मत प्राप्त भएको छ भने प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई ४५ मत प्राप्त भएको छ ।

यस्तै मोरङको रंगेली नगरपालिकामा पनि एमाले अगाडि देखिएको छ । एमालेले ४८७ मत ल्याउँदा कांग्रेसले ३९२ मत पाएको छ । यसअघि उक्त पालिमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यस्तै मोरङकै धनपालथानमा एमाले नै अगाडि देखिएको छ । एमालेले २६६ मत ल्याउँदा कांग्रेसले २४७ मत ल्याएको छ । उक्त पालिकामा यसअघि नेपाली कांग्रेसले जितेको थियो ।

यस्तै जहदा गाउँपालिकामा भने यस पटक नेपाली कांग्रेस अगाडि आएको छ । ०७४ सालको निर्वाचनमा जसपाले जितेको उक्त पालिकामा कांग्रेस यो पटक २३७ मतका साथ अगाडि छ । दोस्रो स्थानमा भने नेकपा माओवादी रहेको छ । माओवादीले उक्त पालिकामा १२५ मतका साथ पछ्याइरहेको छ ।

यता कटहरी गाउँपालिकामा साविक विजेता कांग्रेसकै अग्रता देखिएको छ । कटहरीमा कांग्रेसले ३५४ मत ल्याउँदा एमालेले १८९ मतका साथ पछ्याइरहेको छ ।

यस्तै यसअघि एमालेले जितेको ग्रामथान गाउँपालिकामा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । कांग्रेसले ३१५ मत ल्याउँदा उक्त पालिकामा एमालेले १८१ मत ल्याएको छ ।

यस्तै सुनवर्षी नगरपालिकामा भने साविक विजेता कांग्रेस नै अगाडि देखिएको छ । त्यहाँ कांग्रेसले २३८ मत ल्याउँदा एमालेले २२३ मत ल्याएर पछ्याइरहेको छ ।

यस्तै बुढीगंगा गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई ११६ मत प्राप्त हुँदा एमालेले उक्त पालिकामा ५० मतका साथ पछ्याउने कोशिस गरिरहेको छ ।

मोरङमा अहिलेपनि पथरीशनिश्चरे नगरपालिका, रतुवामाइ नगरपालिका र सुन्दरहरैंचा नगरपालिकाको भने प्रारम्भीक मत परिणाम आएको छैन । यी तीन पालिकामध्ये पथरी शनिश्चरे नगरपालिकामा विगतमा एमालेले जितेको थियो भने रतुवामाई र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो ।

बैशाख ३१, २०७९, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर