इलाम । इलामको माइ जोगमाई गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले अग्रता लिएका छन् ।
राई ८१३ मत प्राप्त गर्दा नेकपा एमालेका कुशबहादुर थेवेले ७२१ मत पाएका छन् । राप्रपाका कुन्दन पौडेलको मत ९ छ ।
गाउँपालिका उपाध्यक्षमा पनि गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राईले ७९१ मत प्राप्त गरेकी छन् । उनलाई एमालेकी सावित्रा भट्टराईले ७२९ मतसहित पछ्याइरहेकी छन् ।