डोल्पाको जगदुल्लामा गाउँपालिका अध्यक्षमा माओवादीका रोकाया विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय ७७० मत पाएर विजयी भएका हुन् ।

रोकायाका प्रतिद्वन्दी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावति थापाले ७४९ मत पाएकी छन् ।

पालिकाको ६ वडामध्ये २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ । वडा नम्बर १ मा एमालेका शेरबहादुर लामा, वडा नम्बर २ मा कांग्रेसका भानुभक्त बुढाथोकी, वडा नम्बर ३ मा एमालेका भक्तबहादुर बोहोरा, वडा नम्बर ४ मा माओवादीका भीमप्रसाद बोहोरा, वडा नम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा र वडा नम्बर ६ मा एमालेका कालीबहादुर बुढा विजयी भएका छन् ।

गाउँपालिकामा कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए। माओवादी एकल रूपमा चुनावमा होमिएको थियो।

शनिबार, ३१ बैशाख, २०७९, दिउँसोको ०३:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर