विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काग्रेसका नागेश काइरालाले सुरुवाती अग्रता कायम गरेका छन् ।
करिब ७५० मतको गणनामा कोइरालाले २६९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सागर थापाले १८१ मत ल्याएर पच्छाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन् ।
महानगरको उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन् । उनले २२६ मत प्राप्त गर्दा जसपाका अमरेन्द्र यादवको मत १५२ मत मात्र छ । महानगरको १,२,१६,१७,१८ र १९ नम्बर वडाको मतगणना भइरहेको छ । मतगणना परिणामको आधिकारिक घोषणा भने अझैसम्म निर्वाचन कार्यालयले गरेको छैन ।