विराटनगर । सुनसरीको धरानमा गठबन्धन उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
उपमहानगरमा २०० मत गन्दा गठबन्धनका मेयर उम्मेदवार काङ्ग्रेसका किशोर राईले ७१ मत ल्याएका छन् ।
राईलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मतसहित पछ्याइरहेका छन् । एमालेकी उम्मेदवार मन्जु भण्डारीले भने ३६ मत पाएकी छन् ।
उममेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्र बेघाले ७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम लिम्बूले ४४ मत प्राप्त गरेका छन् ।