मोरङको रङ्गेलीमा काँग्रेसको अग्रता

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नेपाली काङ्ग्रेसले सुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म ४६९ मतगणना हुँदा मेयरमा काङ्ग्रेसका उम्मेदवार मोदराज घिमिरेले  ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिलीपकुमार बगडियाले २८२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी भुमा पराजुलीले १२९ र जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् । रंगेलीमा नेपाली काँग्रेस र जसपाको गठबन्धन छ ।

अहिले रङ्गेली नगरपालिका–१ को मतगणना भइरहेको छ । उक्त वडामा ३५४४ मत खसेको थियो ।

शनिबार, ३१ बैशाख, २०७९, बिहानको १०:१० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर