रुकुमको सानीभेरी गाउँपालिकामा माओवादीको अग्रता

काठमाडौं । रुकुमको सानेभेरि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

सानीभेरि गाउँपालिका वडा नं. १ को ८८० मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले ५५७ मत पाएका छन् । काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार भएका काँग्रेसका गोरखप्रसाद चन्दको मत २८० छ ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका पुनले ५४७ मत प्राप्त गर्दा एमालेका प्रकाश खड्काले १५७ मत पाएका छन् । सानेभेरि १ को वडाध्यक्षमा माओवादीका टेकबहादुर पुन ५६१ मत प्राप्त गरि विजयी भएका छन् । काँग्रेस–एमाले गठबन्धनका उम्मेदवरा खलबहादुर पुनले २८१ मत पाएका छन् ।

शनिबार, ३१ बैशाख, २०७९, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर