माेरङकाे कानेपाेखरी गाउँपालिकामा एमालेको अग्रता

कानेपाेखरी । माेरङकाे कानेपाेखरी गाउँपालिकामा मत गणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ ।
८०० मत गणना गर्दा एमालेकी राजमति इङनामले ११७ मतले अग्रता लिएकी छिन । राजमतिले ३०१ मत ल्याएर अगाडि रहदा कांग्रेसका सन्जय भट्टराईले १८४ र माओवादीका सुर्य धिमालले १२९मत ल्याएका छन ।
एमालेका उपाध्यक्ष उम्मेदवार भाेला अधिकारिले ३१८मत ल्याएका छन् । कांग्रेसका मनु गुरुङले २२८र माओवादीकि तारा ओझाले २३८ मत ल्याएकी छिन् । अहिले वडा नम्बर ७ र १ नम्बर गणना गर्न सुरु गरिएकाे छ ।

कूल ७ वटा वडा रहेको कानेपाेखरीमा ६६.७६ प्रतिशत मतदान भएकाे छ । ३४०४५ मतदातमा रहेकाे कानेपाेखरिमा २२७३१ मतदान भएकाे निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिएका छन् ।

 

शनिबार, ३१ बैशाख, २०७९, बिहानको ०४:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर