विराटनगर । सुन्दर हरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले आफ्नो घरमा भाडा बस्नेहरुसँग लकडाउन अवधिको घाडा नलिने घोषणा गर्नुभएको छ ।
लकडाउनका कारण मानिसहरुको आर्थिक उपार्जनमा समस्या भएको र धेरैको व्यवसाय र रोजगारी बन्द भएको अवस्थामा घरमा भाडा बस्नेहरु लाई यस अवधिको भाडा छुट दिने घोषणा गर्नुभएको हो ।
‘उद्योग वाणिज्य संघको अध्यक्ष भएकोले नाताले महामारीको समयमा सरकारले लकडाउन गर्न निर्देशन दिएको अवधिमा मेरो घरमा भाडा लिएर बस्नुभएको सबै उद्योगी, व्यापारीलाई यस अवधिको सबै भाडा छुट दिने कुरा जानकारी गराउन चाहन्छु’ उहाँले भन्नुभएको छ ।
अध्यक्ष चापागाई नेकपा मोरङ जिल्ला कमिटी सदस्य तथा सुन्दर हरैँचा नगरपालिका सहइन्चार्ज पनि हुनुहुन्छ ।