आर्या न्यूरोमा बालकलाई नयाँ जीवन

विराटनगर । विराटनगर– ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ ।

जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो ।
पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार हुने गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।

तीमध्ये एक हुन्, १८ महिने बालक कृष्णकुमार । जसको सफल उपचार गरेर अस्पतालले विरामीलाई नयाँ जीवन दिएको बताएको छ । ८ वैशाखमा भारतको दिपनगरमा सवारी दुर्घनामा परेर बालक कृष्णकुमार गम्भिर घाइते भएका थिए । दुर्घटनामा परि कृष्णको आमासोलोचना देवी साहको घटनास्थलमा मृत्यु भएको थियो ।

बालकको टाउकोमा गम्भीर चोट लागेर मस्तिष्क बाहिर निस्किएको थियोे । घाइते भएका बालकलाई भारतको दरभंगा अस्पताल लगिएकोमा त्यहाँको अस्पतालले पटना रेफर गरेकोमा आफन्तले आर्या न्यूरो अस्पतालमा ल्याएका थिए । न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले बाहिर निस्किएर क्षतविक्षत भएको मस्तिष्कको सफल उपचार गरेका छन् ।

‘अहिलेसम्मको यो जटिल उपचार हो । बालकको हकमा मस्तिष्क बाहिर निस्किएर शल्यक्रिय गरि उपचार गरेको पहिलो घटना हो,’ डा.नेपालले भने, ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो ।’ उपचारपछि ठिक भएका अस्पतालले बुधबार डिस्चार्ज दिएको छ ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि बावुमुकेश साह हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हाँस्न र बोल्न सक्ने भएको छ । २० दिनको उपचारपछि बुधबार डिस्चार्ज भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । छोराले नयाँ जीवन पाएका छन् ।’
साह परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा.नेपालले बताए ।

यसअघि पनि आर्याले उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरीको टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात स्वचालित मांसपेशीको पूर्ण पक्षघात भएका सफल उपचार गरेको थियो । यस्तै अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको सुनसरीको इनरुवा ३ की ३९ बर्षीया पुष्पलता सुब्बाको सफल उपचार गरिसकेको छ । बाँच्ने सम्भावन न्यून रहेको भन्दै मोरङको विभिन्न अस्पतालले बिरामीलाई घर फर्काइदिएपछि मंसिर ६ गते अस्पताल ल्याइएकी सुब्बा अस्पताल बसाईको २० दिनपछि डिस्चार्ज भएर आफ्नो घर फर्किएकी छन् ।

बिहिबार, २९ बैशाख, २०७९, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर