पौडी प्रतियोगितामा प्रदेश १ बाट विकासले ल्याए दुइ स्वर्ण

विराटनगर । नेपाल पौडी सङ्घको आयोजनामा २४ औँ खुला तथा उमेर समूह पौडी प्रतियोगितामा प्रदेश १ बाट बिकाश कुमालले २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा भएको प्रतियोगितामा प्रदेश १ बाट आयुष लामाले २ रजत, सियारा सुभाङ्गिनी बजगाईले १ रजत, अजय सोरेनले ३ कास्य र ससाहाङ्ग राईले १ कास्य पदक जितेका हुन् ।

प्रतियोगितामा कूल २३ विधामा प्रतिस्पर्धा भएको आयोजक सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब १५० खेलाडीको सहभागिता थिए । प्रतियोगिता हङ्गेरीमा हुने १९औं विश्व पौडी प्रतियोगिता, पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरी यो प्रतियोगिता गरिएको सङ्घले जनाएको छ ।
यस प्रतियोगितामा १९औँ विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एसियाली खेलका लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको सङ्घले जनाएको छ ।

बैशाख २८, २०७९, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर