इटहरी । इटहरी उपमहानगरले १ सय दुई वेडको क्वारेन्टाइन निर्माण गरेको छ । स्थानीय जनता क्यामपस इटहरीमा निर्माण भएको क्वारेण्टाइनमा बस्नेले वाइफाई सेवा प्राप्त गर्नेछन् भने सिसीक्यामेराबाट त्यहाँको सबै गतिविधि अवलोकन गर्न सकिने छ ।
निर्माण भएको क्वारेण्टाइनको सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गरेको छ । इटहरीका नगरप्रमुख,उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान पछि सवै मापदण्ड पूरा हुने जनकारी दिनुभयो ।
नगरप्रमुख द्धारिकलाल चौधरीले सिसी क्यामेरा तत्काल जडान गर्न उपमहानगरका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।