विराटनगर । विराटनगरस्थित अरनिको कलेजले एमबिबिएस र प्यारा मेडिकलमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि सोमबार एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।
कलेजमा अध्ययनरत १८ विद्यार्थीहरूले चैतमा लिएको इन्टान्स परीक्षामा एमबिबिएसमा १० र प्यारा मेडिकलमा ८ जना विद्यार्थीले नाम निकालेका थिए । यसरी एमबिबिएसमा नाम निकाल्नेहरूमा देव कुमार साह, लाक्पा मोक्ताङ्ग, खुसबु नायक, प्रज्वल कुमार माझी, प्रिन्स कुमार, कुल दीप बस्नेत, दीपेन्द्र कुमार यादव, सन्देश त्रिताल र खुसबु चौधरी रहेकी छिन् । यस्तै प्यारा मेडिकलमा आकृति दाहाल, फारुप अन्सारी, नवराज यादव, जय नन्द साह, डिजेम्बर कुमार यादव, जयराम यादव, कृष्ण साह र जिवन्द्र कुमार यादव रहेका छन् । उनीहरूलाई कलेजले मायाको चिनो, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।
६ विद्यार्थी पुरस्कृत
अरनिको कलेजका ६ जना उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरूमा कलेजी निकिता झा र नीरज रेग्मी रहेका छन् । उनीहरूलाई नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत प्रदान गरिएको छ । यस्तै विनीता न्यौपाने, दीक्षा साह, आकाश यादव र आकृत त्रिताललाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उनीहरूलाई कलेजका पूर्व विद्यार्थी दिवस थापाले आफ्नो आमा बुवाको नाममा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको हो ।
यस्तै कलेजले लिएको आन्तरिक परीक्षामा प्रथम हुने नीरज रेग्मी, द्वितीय ओल्सन कार्की र तृतीय हुने आकृत त्रिताललाई पनि पुरस्कृत गरियो । उनीहरूलाई जनही क्रमशः ५, ३ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पुरस्कृत र सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका प्राचार्य राजेश कार्की, कोअर्डीनेटर विकास खनाल, संस्थापक निलम कुमार अधिकारी, भरतराज दाहाल, डा। भविन्द्र निरौला, शैलेशकुमार झा, उमेन्द्र विलास लुइँटेल लगायतले सम्मानले गरेका थिए । अरनिमा अध्ययनरत विद्यार्थीहरूले प्रत्येक वर्ष एमबिबिएस , प्यारा मेडिकल, इन्जिनियरिङहरूमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने गरेका छन् । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।