विराटनगर । स्थानीय निर्वाचनको लागि भन्सार नाका पनि बन्द हुने भएका छन् ।निर्वाचनका लागि विराटनगर भन्सार कार्यालय बन्द हुने भएको हो ।
कार्यालयका अनुसार वैशाख २७ गते राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म भन्सार बन्द हुने भएको हो। जेठ २ गतेबाट नियमित रुपमा भन्सार खुल्ने कार्यालय प्रमुख ताराप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
भन्सार नाकासँगै चुनाव अवधिभर सरकारले सीमा नाकासमेत बन्द गर्ने भएको छ।