विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा ४३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेशभरिमा १ जना वडाध्यक्ष, २ जना खुल्ला सदस्य, ६ जना महिला सदस्य र ३४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेहरुमा नेकपा एमालेका १५ जना, नेपाली काँग्रेसका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, स्वतन्त्र ५ जना र राष्ट्रिय जनमुक्ति पार्टीका १ जना छन् । आयोगका अनुसार सबैभन्दा धेरै ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित भएका छन् भने पाँचथरमा ५, इलाममा ५, संखुवासभामा ३, तेह्रथुममा ३, धनकुटामा ३, भोजपुरमा ३, झापामा २, सुनसरीमा २, उदयपुरमा २ तथा मोरङ, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा १÷१ जना निर्विरोध निर्वाचित भएका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ मा वडाध्यक्ष छेतेन लामा शेर्पासहित सदस्यहरु फुपु लामु शेर्पा, विपना सम्बाहाम्फे, टासी शेर्पा र बाङ्ग्या शेर्पा निर्विरोध भएका छन् । उनीहरु सबै स्वतन्त्र उम्मेदवार हुन् ।
यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ मा काँग्रेसबाट दलित महिला सदस्य मञ्जु कार्मी, मिक्वाखोला गाउँपालिका ३ मा दलित महिला सदस्य लछिमायाँ विश्वकर्मा, सिरिजंघा गाउँपालिका ८ मा दलित महिला सदस्य सितादेवि सार्की निर्विरोध भएका छन् । मिक्वाखोला गाउँपालिका ५ मा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सरिता गहते र फुङ्लिङ नगरपालिका ५ मा एमालेबाट दलित महिला सदस्यमा गंगा दर्नाल निर्विरोध निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रबाट पाँचथरको फालेलुङ गाउँपालिका ४ मा कविता विक, फालेलुङ गाउँपालिका ८ मा अमृता शंखर, फिदिम नगरपालिका ३ मा बुधमायाँ नेपाली, फिदिम नगरपालिकाकै १३ मा सिता गिरी वर्देवा दलित महिला सदस्यमै निर्विरोध निर्वाचित भएका छन् । इलामको देउमाइ नगरपालिका १ मा एमालेका विष्णुमायाँ नेपाली, माङ्सेबुङ गाउँपालिका ६ मा धनकुमारी विश्वकर्मा, सन्दकपुर गाउँपालिका१ मा दिलमायाँ कामिनी दलित महिला सदस्यमा निर्विरोध भएका छन् । रोङ गाउँपालिका ४ मा महिला सदस्यमा एमालेबाट मिनादेवि तामाङ निर्विरोध भएकी छन् भने दलित महिला सदस्यमा माइजोगमाई नगरपालिका २ बाट काँग्रेसकी रुपादेवि दियाली र माङसेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तिलरुपा सबेहाङ निर्विरोध भएकी छन् ।
झापाको कचनकबल गाउँपालिका ४ मा काँग्रेसबाट दलित महिला सदस्यमा बिजली दास र मेचीनगर नगरपालिका ११ मा एमालेबाट रञ्जिता नेपाली निर्विरोध भएका छन् । मोरङको केराबारी गाउँपालिका १ को महिला सदस्यमा काँग्रेसकी कमला राई निर्विरोध निर्वाचित हुँदा दलित महिला सदस्यमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा काँग्रेसकै बिमलादेखि मोची र हरिनगर गाउँपालिका ५ मा माओवादीकी सुखियादेवि पासवान निर्विरोध भएकी छन् ।
धनकुटाको चौबिसे गाउँपालिका ८ मा माओवादीकी रत्नमायाँ परियार, पाख्रिबास नगरपालिका ९ मा काँग्रेसकी डम्बरमायाँ दर्जी र सागुरिगढी गाउँपालिका ७ मा काँग्रेसकै कुमारी विश्वकर्मा निर्विरोध भएकी छन् । उनीहरु सबै दलित महिला सदस्य पदमा निर्वाचित भएका हुन् ।
तेह्रथुमको आठराई गाउँपालिका ५ मा एमालेकी निर्मला धौलाकोटी, मेन्छयायेम गाउँपालिका १ मा काँग्रेसकी प्रबृत्ति विक र लालिगुराँस नगरपालिका ७ मा काँग्रेसकै मनकुमारी कामी दलित महिला सदस्यमा निर्वाचित भएका छन् । संखुवासभाको भोटखोला गाउँपालिका १ मा एमालेकी अम्बिका विश्वकर्मा दलित महिला सदस्यमा, भोटखोला गाउँपालिका ४ मा एमालेकी चिप्मा भोटे महिला सदस्यमा र मकालु गाउँपालिका २ मा काँग्रेसकी सविना जैरु दलित महिला सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार भोजपुरको आमचोक गाउँपालिका ७ मा माओवादी केन्द्रकी रत्नमायाँ परियार, रामप्रसाद राई गाउँपालिका ८ मा एमालेकी तिर्थदेवि कामी र हतुवागढी गाउँपालिका ३ मा एमालेकी लक्ष्मी विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । उनीहरु पनि दलित महिला सदस्यमा निर्वाचित भएका हुन् ।
यसैगरि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादीकी सर्मिला मगर, खोटाङको खोटेहाङ गाउँपालिका ५ मा एमालेकी बच्चिमायाँ परियार, ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मा एमालेकै डल्लीमायाँ विश्वकर्मा र उदयपुरको रौतामाई गाउँपालिका १ मा एमालेकी फुलमायाँ विक निर्विरोध भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ मा माओवादीकी देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा ६ पालिकाको दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित भएकाहरुलाई निर्वाचन सम्पन्न भएर मतगणना सकिएपछि अन्य निर्वाचितसँगै प्रमाणपत्र वितरण गरिनेछ ।
आयोगका अनुसार निर्वाचनमा देशभर ३ गाउँपालिका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित भएका छन् । ३५ हजार २२१ जनप्रतिनिधि छान्नका लागि वैशाख वैशाख ३० गते निर्वाचत हुँदैछ । निर्वाचनमा कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी रहेको आयोगले जनाएको छ ।