विश्वभर ४२ हजार बढीको मृत्यु

विराटनगर । विश्वव्यापी रुपमा तिब्रगतिमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ४२ हजार भन्दा बढी भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६७ जनाको मृत्यु भएपछि कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४२ हजार १४६ जना पुगेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ८ सय ३७ जनाको ज्यान गएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७ सय ४८ जनाको मृत्यु भएको छ । अमेरीकामा पनि ७ सय ४८ जनाकै ज्यान गएको छ । फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमण र मृत्यु दर बढ्दै

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय ४८ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८८९ जना पुगेको छ ।

अमेरिकाको न्युयोर्कमा मात्र १५ सय ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८ जनाको मृत्यु भयो । अमेरिकामा मृत्यु हुनेको संख्या दैनिक बढ्दो गतिमा रहेको देखिन्छ ।

संक्रमण हुने दरपनि तिब्र बन्दै गएको छ अमेरिकामा । अहिलेसम्म १ लाख ८८ हजार २८०ं जनामा संक्रमण भइसकेको छ । ति मध्ये ६ हजार ४६१ जना मात्र निको भएर फर्किका छन् । बाँकी १ लाख ७७ हजार ९ सय ३६ जना उपचारकै क्रममा छन् । ति मध्ये ३ हजार ९८८ जना गम्भीर प्रकारका बिरामीहरु रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा २४ हजार ७ सय ४२ जना नयाँ संक्रमितहरुको पहिचान भएको छ ।

नयाँ संक्रमित पहिचानका आधारमा स्पेन दोस्रो स्थानमा रहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित पहिचान भएको छ ।

इटलीमा भने अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्या घटेको छ । मंगलबार इटलीमा ४ हजार ५३ जना नयाँ संक्रमित भेटिएका थिए ।

यो सँगै विश्वमा कोरोनाबाट ८ लाख ५८ हजार ३७७ जना मानिसहरु संक्रमित भइसकेका छन् ।

बुधबार, १९ चैत, २०७६, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर