सरकारी विद्यालयमा आकर्षण, भर्ना लिन सत्यनारायणमा परीक्षा

विराटनगर । विराटनगर महानगरपालिमा रहेको सत्यनारयण माविमा शिक्षण विधिमा सुधार ल्याएर विद्यार्थीको आर्कषण बढेको छ । सत्यनारयण माविमा अंग्रेजी माध्यमबाट पठनपान गरि गुणस्तरीय शिक्षा प्रदान गरेपछि विद्यार्थीको आर्षण बढेको हो ।
विद्यालयमा विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिने गरेको छ । सत्यनारयणले शनिबार लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ ।

सत्यनारयणले शनिबार ६ देखि कक्षा ९ सम्म सम्म २ सय जना विद्यार्थीको लागि लिएको प्रवेश परीक्षामा ११ सय जना विद्यार्थीले परीक्षा दिएको स्कुलका प्रचार्य धर्मानन्द खरेलले जानकारी दिए । उनका अनुसार कक्षा ६ मा ४० जनाको कोटामा १ सय ५० जना विद्यार्थीले परीक्षा दिएका छन् । यस्तै कक्षा ७ मा ४० जनाको कोटा २ सय, ८ मा ४० कोटामा ३ सय र ९ कक्षामा ५५ कोटामा ४ सय ५० जनाले परीक्षा दिएको स्कूलले जनाएको छ ।
प्रवेश परीक्षा दिने विद्यार्थीको आइतबार नतिजा निकाल्ने स्कुलले तयारी गरेको छ । २००९ सालमा स्थापना भएको विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान संकाय, व्यवस्थापन, आम संचार, कानुन र इलेक्ट्रिक इन्जिनियरिङ्ग पढाइ हुने गरेको छ । कक्षा ६ देखि १२ कक्षासम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन सुरू हुन थालेपछि यो स्कुलल विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेको यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकमाझ आफ्नो भिन्न पहिचान बनाएको छ ।

कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको सत्यनारयणले विद्यालयले भर्ना लिन एक सय पूर्णांकको प्रवेश परीक्षा लिएको छ ।
निजीमा चर्को शुल्क तिर्नुपर्ने बाध्यताले निजीसरह पढाइ हुने यो विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावक आकर्षित भएको अभिभावकहरु बताउँछन् ।

 

आइतबार, १८ बैशाख, २०७९, बिहानको १०:०३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर