पोखरा मेयरका दुई बागी कांग्रेसले फिर्ता लिए उम्मेदवारी,एक जनाको कायमै

विराटनगर । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जनाको भने उम्मेदवारी कायम रहेको छ ।

बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रवार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो ।

सापकोटा र तिवारीले भने आफूहरूले गठबन्धनको विरुद्धमा उम्मेदवारी दिए पनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

पोखरामा नेकपा एकीकृत समाजवादीको भागमा मेयर र कांग्रेसको भागमा उपमेयर परेको थियो ।

बैशाख १६, २०७९, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर