मकालु गाउँपालिका अध्यक्षद्वारा एमाले परित्याग

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरेका छन् ।

नेकपा एमालेले कम्युनिष्ट आदर्श भुलेको तथा नेताहरु गुटगत र व्यक्तिगत स्वार्थमा लागेको भन्दै अध्यक्ष पोख्रेलले पार्टी परित्याग गरेका हुन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै पोखरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सचिबालय सदस्यसमेत हुन्। उनी २०७६ को उपनिर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

एमालेमा बसेर राजनीतिक जीवन बिताउन असहज भएको अध्यक्ष पोख्रेलले आरोप लगाएका छन्। पोख्रेलले मकालु गाउँपालिकाबाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गरेका थिए । तर, एमालेले उम्मेदवार बनाएन ।

बैशाख १५, २०७९, रातीको ०९:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर