नेकपा एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुने

विराटनगर । नेकपा (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी(एनेकपा)बीच एकता हुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा बिहीबार नेकपा(एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरीने छ ।

बिहिबार, १५ बैशाख, २०७९, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर