गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ: प्रवक्ता महरा

घोराही । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन ।

संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा महराले प्रतिगमनका बिरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए । गठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको उनले बताए ।

देश अप्ठ्यारोमा परेको बेला जहिले पनि काँग्रेस र माओवादीले निकास दिदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए । घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको जरुरी रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताहरुलाई नगरमा पठाएको बताए ।गठबन्धन पराजय भए मुलुकले नै पराजय व्यहोर्ने भन्दै नेता महराले मुलुकको आगामी भविष्य निर्धारणका लागि गठबन्धनले जित्नुपर्ने बताए ।

गठबन्धनको तर्फबाट घोराही उपमहानगरको मेयरका उम्मेदवार माओवादी नेता हेमराज शर्मा पोख्रेल (डायमण्ड)र उपमेयरको उम्मेदवार कांग्रेसका नेता भुपबहादुर डाँगीले घोराही रहेका छन ।

बुधबार, १४ बैशाख, २०७९, रातीको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर