विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गोपालचन्द्र राईले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाल आयल निगमको अधिकृत स्तरको जागिरबाट राजीनामा दिएर राई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका हुन् ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्ध हुँदै पत्रकारिता र पछि निगमको अधिकृत तहमा रहेर सरकारी सेवामा रहेका राई लेखनमा तिक्ष्ण र बहुप्रतिभाशाली व्यवक्तित्वको रुपमा परिचित छन् । राईको उम्मेदवारीपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
समाजमा राम्रो छवी बनाएका राई विद्यार्थीकालदेखिनै निरन्तर सक्रिय राजनीतिमा छन् । विद्यार्थी जीवनमै पत्रकारिता पेशामा आवद्ध भएका राई २०६९ सालमा लोकसेवा उतिर्ण गरी नेपाल आयल निगमको जागिरमा प्रवेश गरेका थिए । जागिरका क्रममा पनि उनले पेशागत राजनीतिलाई निरन्तरता दिएका थिए । सँधै निमुखाको पक्षमा उभिदै आएका राईकै नेतृत्वमा नेपाल आयल निगममा आधिकारिक टे«ड युनियनको अध्यक्षसमेत निर्वाचित भएका थिए । त्यसअघि उनी नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष रहेर देशव्यापी संगठन निर्माण गरेका थिए ।
स्थानीय विकासमा निरन्तर क्रियाशील रहँदै आएका हक्की स्वभावका राईको उम्मेदवारीले नेपाली काँग्रेसले जितेको उक्त पालिकामा नयाँ तरंग सिर्जना गरिदिएको छ । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले खोटाङको केही पालिकामा तालमेल गरेर चुनाव लड्ने तयारी गरेपनि चुइचुम्मामा भने तालमेल भएन । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र दुवैले दाबी गरेपछि चुइचुम्मामा स्वस्थ प्रतिष्पर्धा गर्ने सहमति बनेको थियो । २०७४ सालको चुनावमा दिप्रुङ चुइचुम्मामा नेपाली काँग्रेस विजयी बनेको थियो भने नेकपा माओवादी केन्द्र दोश्रो स्थानमा थियो ।
झण्डै ९ वर्ष एक महिना जागिरमा रहेका राई अधिकृत स्तर सातौ तहको जागिर छोडेर जनताको सेवामा समर्पित हुने निर्णय गरेको बताउँछन् । उनले राजनीतिका माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान गर्ने निर्णय लिएको बताए ।
जनकपुरबाट जागिर सुरु गरेका राई जागिरको अधिकांश समय काठमाण्डौ बसेपनि गाउँको विकासमा सँगसँगै हातेमालो गर्दै आएका थिए । उनकै पहलमा गाउँमा बिजुली, मोटरबाटो, खानेपानी आदिका थुप्रै योजनाहरु अगाडि बढेको थियो । गाउँको विकास गर्ने सपना पूरा गर्न जनताले आफूलाई निर्वाचित गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।