विद्यार्थीको रोजाइमा पोलस्टार

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विराटनगर ३ स्थित पोलस्टार सेकेण्डरी इङलिस बोर्डिङ विद्यार्थी र अभिभावको रोजाइमा परेको छ । अनुभवी र दक्ष प्राध्यापक र भयरहित वातावरणमा अध्ययन अध्यापन हुने गरेकोले पोलस्टार स्कुल विद्यार्थी र अभिभावको रोजाइमा परेको हो ।
प्ले ग्रुपदेखि कक्षा तीनसम्म पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन हुँदै आएको, शान्त र भयरहित वातावरणमा निर्धक्कताका साथ पठनपाठन हुने यस स्कुलको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरक्षित तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
समग्रमा, विद्यार्थीहरूको सर्वोपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा विद्यालयले कुनै सम्झौता नगरेको स्कुलका प्रबन्धक निर्देशक राजकुमार दंगालले बताए । विद्यालयले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हासिल गर्दै आएको छ । देशकै एक नमुना विद्यालयको रूपमा दरिएको यस पोलस्टार स्कुलले भौतिक सुविधाका साथै विद्यार्थीमैत्री शैक्षिक वातावरण, संस्कार र सिपसहितको शिक्षामा विशेष जोड दिँदै आएको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, स्तरीय फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरू तथा उत्कृष्ट स्रोत केन्द्र स्तरको पुस्तकालयका साथै विद्यालयले आफ्नै प्राथमिक उपचार केन्द्र, स्वास्थ्यकर्मी र परामर्शदाताको पनि व्यवस्था गरेको छ । सफा तथा स्वास्थ्यकर खाजा उपलब्ध हुने यस विद्यालयको चमेना गृहले विद्यार्थीको शैक्षिक गतिविधिलाई थप गतिशील तथा सकारात्मक बनाउन सहयोग गरेको छ ।
नयाँ शैक्षिक सत्रदेखि विज्ञान सङ्काय, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स सङ्कायमा अध्ययन अध्यापन गराउन प्लस टु सञ्चालन गर्ने पोल स्टारले तयारी गरेको छ । विराटनगर महानगरपालिकासहित मोरङको ग्रामथान गाउँपालिका भित्रको तेतरिया, लखनतथरी र बुढीगंगा गाउँपालिका भित्रका विद्यार्थीहरूलाई लक्षित गरी प्लस टु सञ्चालनको तयारी गरिएको स्कुलका  प्रबन्धक निर्देशक दंगालले बताए । मन्टेश्वरीदेखि कक्षा १० सम्म सञ्चालन  हुने पोल स्टारमा ५ सय ६१ विद्यार्थी अध्ययनरत छन् । पोलस्टार २७ वर्षसम्म ५ सय भन्दा बढी विद्यार्थीले  एसएलसी उत्तीर्ण गरेका छन् । जसमध्ये चिकित्सकतर्फ २५, इन्जिनियरतर्फ ३२, उद्यम व्यवसायीतर्फ १०,  सरकारी सेवामा १११, निजी शिक्षण संस्थातर्फ ६२, चाटर्ड एकाउन्टेन्टमा ४, बीएसी नर्सिङमा ११, स्टार्फ नर्सतर्फ २२ विद्यार्थी उत्तीर्ण भई आफ्नो क्षेत्रमा काम गर्दै आएको स्कुलले जनाएको छ ।
बुधबार, १४ बैशाख, २०७९, बिहानको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर