कुरमुरे देखी मोबाइल सम्म आयत गर्न सरकारले लगायो प्रतिबन्ध

विराटनगर । सरकारले १० प्रकारका विलासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गराएको छ ।

यी हुन् सरकारले प्रतिबन्धित गरेका सामाग्रीहरु

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ )

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन ९३२ इञ्चभन्दा माथिका

७। जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरू

१० खेल्ने तास

बुधबार, १४ बैशाख, २०७९, बिहानको ०९:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर