विराटनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
उनका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन।
मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमालिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।